नागरिक अगुवा सिंहदरबारबाट पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार
नारायण वाग्ले, खगेन्द्र संग्राैला, नारायण ढकाल, सञ्जीव उप्रेतीसहितका नागरिक अगुवा पक्राउ परेका छन् ।
मार्चपासका क्रममा सिंहदरबार क्षेत्रबाट उनीहरूलाई आज प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य र शिक्षामाथिकाे दलीयकरण, भ्रष्टाचार, बेथितिका विराेधमा उनीहरू आन्दाेलित थिए ।
सिंहदरबार धर्नाबाट गिरफ्तारहरू भएकाहरूमा अर्चना थापा, प्रणेता, अनुभव अजित, अरुणदेव जाेशी, निर्ग नवीन, शशीविक्रम कार्की, अरुण थापा, नवीन तिवारी, वसन्त छिपा, विमल अर्याल, गाेविन्द छन्त्याल, श्रवण मुकारुङ, राजेन्द्र महर्जन पनि छन् ।
प्रहरीले उनीहरूलाई नेपाल पुलिस क्लबमा राखेको छ ।
Categorized in राजनीति

