प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
Categorized in राष्ट्रिय