STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः राष्ट्रिय आन्दोलनद्वारा पत्रकार कंसाकारप्रति श्रद्धाञ्जलि व्यक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार

नेपालभाषा पत्रकारिताका वरिष्ठ पत्रकार एवं नेवार अगुवा सुशीलवीर सिंह कंसाकारको निधनप्रति नेवाः राष्ट्रिय आन्दोलनले शोक वक्तव्य जारी गर्दै दिवंगत कंसाकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

कंसाकारको निधनले नेवाः राष्ट्रिय आन्दोलनका कार्यकारिणी सदस्यसमेत रहेका कंसाकारको निधनले नेवारहरुको आवाज बुलन्द पार्न सक्रिय एवं क्रियाशील सदस्य गुमाएकोमा आन्दोलनलाई ठूलो क्षति पुगेको जनाएको छ ।

आन्दोलनका अध्यक्ष राजभाइ जकःमिद्वारा हस्ताक्षरित शोक वक्तव्यमा कंसाकारको निधनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

नेपालकै पहिलो सन्ध्याकालीन दैनिक विश्वभूमि (नेपालभाषाको सन्ध्याकालीन)का प्रकाशक एवं सम्पादक रहेका दिवंगत कंसाकार कसाः तःधं गुथिका पनि पूर्वसचिव पनि हुनुहुन्थ्यो । कंसाकारको गत वैशाख १८ गते ५८ वर्षको उमेरमा निधन भएको थियो ।

Categorized in व्यक्तित्व