STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १३, सोमबार

काठमाडौं - काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक आज बस्दैछ ।

पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् ।

आजको बैठकमा गम्भीर छलफलपछि आवश्यक निर्णय लिने स्रोतको भनाई छ ।

Categorized in उपत्यका