त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालकाे २०० रन पूरा
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ११, शनिबार
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले २०० रन पूरा गरेको छ ।
उपाधिका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर २०० रन पूरा गरेको हो ।
नेपालले तेस्रो विकेटका रूपमा कुशल भुर्तेललाई गुमायो । उनी आज ५३ बलमा तीन छक्का र ८ चौका प्रहार गर्दै ७७ रन बताए ।
यसअघि १९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । उनलाई फिलिपेको बलमा पिटर सेलरले क्याच आउट गराए ।
त्यस्तै, ओपनरमा आएका आसिफ शेख १६ रन बनाएर आउट भए । उनले ८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।