संसद् विघटनविरुद्ध त्रिविमा विद्यार्थीहरूकाे मार्च पास
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ३, सोमबार
काठमाडाैं – संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले मार्च पास गरेका छन् ।
बृहत् नागरिक आन्दोलनअन्तर्गत आज दिउँसाे विद्यार्थीहरूले त्रिविमा मार्चपास गरेका हुन् ।
त्यसक्रममा विद्यार्थीहरूले प्रतिगमन परास्त नभएसम्म आन्दोलन जारी राख्ने भन्दै नाराबाजी गरे । विराेधकै क्रममा नाटकसमेत प्रस्तुत गरिएकाे थियाे । त्यसअघि प्रहरीले नाटक देखाउन अवराेध गरेपछि विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।
त्यसपछि लेखक तथा कविहरूले व्यंग्यात्मक सिर्जनामार्फत सरकारप्रति कटाक्ष गरेका थिए । आफ्नो स्वार्थका लागि संविधानको धज्जी उडाएको भन्दै उनीहरूले प्रधानमन्त्री ओली प्रवृत्तिको विरोध गरे । साथै प्रतिगमनविरुद्ध नागरिकहरू अझै सशक्त भएर सडकमा उत्रिनुपर्नेमा जोड दिए ।
Categorized in राजनीति