STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बजेटको आकार घटाइयो

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

काठमाडाैँ – सरकारले चालु आर्थिक बर्षको बजेटमा संशोधन गरेर आकार घटाएको छ ।

चालु आर्थिक बर्षको गत ६ महिनाको खर्चको अनुमानका आधारमा सरकारले १४ खर्ब ७४ अर्बलाई घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो ।

अर्थमन्त्रालयमा मंगलबार चालु आर्थिक बर्षको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिलो ६ महिनाको पृष्ठभूमिको आधारमा आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गरेका हुन् ।

संशोधित अनुमानमा चालु आर्थिक बर्षमा १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान गरिएकोमा १३ खर्ब ४४ अर्ब ६८ करोड मा झारिएको छ । यो कुल विनियोजनको करिब ९१ दशमलब १९ प्रतिशत हो ।

त्यसैगरी चालु तर्फ ९ खर्ब १४ अर्ब ७८ करोड , पुँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड हुने अनुमान छ । राजश्व र आन्तरिक ऋणमा चालु बर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदान तर्फ ३५ अर्ब र वैदेशिक ऋण तर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।

मन्त्री पौडेलले कोभिड १९ को प्रभाव कम हुदै गएको, खोप प्रारम्भ गरिएको र आन्तरिक आर्थिक गतिविधि, क्रमशः पुरानै लयमा फर्कदै गएकाले चालु आर्थिक बर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्य योजना बनाई कार्यान्वयन गरिने बताए । सरकारले यो ६ महिनामा मुद्रास्फिति नियन्त्रणमा रहेको र आर्थिक क्रियाकलापमा सुधार हुदै आएकाले आर्थिक वृद्धिदर औसत रहने अनुमान गरेको छ ।

Categorized in बिजनेस