STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिव श्रेष्ठको एउटा यस्तो प्रेम कहानी माघे संक्रान्तिमा आउने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २१, मंगलबार

वि.सं.२०७६ चैत्र ६ गतेदेखि बन्द भई विगत १० महिनादेखि ठप्प रहेको चलचित्र  क्षेत्र अब चलायमान हुने संकेत देखापरेको छ । यसरी ठप्प हुँदा  कुन पक्षलाई कति नोक्सानी भयो भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर चलचित्र क्षेत्रसँग सम्बन्धित हरेक संघ संस्थाले आफु सबै भन्दा बढि मारमा परेको दाबी गर्दै आएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी कोरोना महामारीका कारण निर्माताको १ अर्ब ३० करोड लगानी जोखिममा रहेको बताउँछन् । चलचित्र क्षेत्रले बिस्तारै गति लिंदै गर्दा हलमा चलचित्र रिलिजको वातावरण सिर्जना गर्न सिनेमा क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

कोरोना महामारीका कारण नेपाली चलचित्र क क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढि प्रभावित बनेको छ । सम्पुर्ण क्षेत्र खुलिसक्दा पनि यो क्षेत्र खोल्न सरकारले अनुमति दिएको छैन । चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि हल सञ्चालनमा  आउन त आए । तर, दर्शक आउने वातावरण अझै सिर्जना भएको छैन । सिनेमा हलका अधिकांश सिटहरु खाली नै छन् ।   कुनै पनि नयाँ चलचित्र रिलिज हुन सकेको छैन भने  यस्तो विषम परिस्थितिमा पनि अग्रज अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र " एउटा यस्तो प्रेम कहानी " आगामी माघ १ गते देशभर रिलिज गर्ने घोषणा गरेका छन् ।

रिलिज मिति घोषणाकालागि आयोजित कार्यक्रममा शिव श्रेष्ठको प्रस्तुति रहेको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सो गीत सार्वजनिक गरिएको हो । बसन्त सापकोटाले संगीत सृजना गरेको यो गीतमा    विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतमा अग्रज अभिनेत्री करिश्मा र विनोद मानन्धर की छोरी कविता मानन्धर र   अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले विगत ९ महिना देखि कोरोना महामारीका कारण बन्द रहेको सिनेमा हल संचालनको लागि करोडौं लगानीको जोखिम मोलेर चलचित्र रिलिज गर्न तयार भएको भन्दै एउटा यस्तो प्रेम कहानीलाई सफलताको शुभकामना दिए ।

अभिनेता शिव श्रेष्ठले ४० वर्ष देखि निरन्तर दर्शकको माया पाएकै कारण कोरोना महामारीका बीच चलचित्र क्षेत्रलाई चलायमान गर्नको लागि करोडौं लगानीको जोखिम लिएको बताए । लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । 

यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । यो चलचित्रका निर्देशक  दिपेश सापकोटा  हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्मित सिनेमालाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् भने खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्माताका रुपमा रहेका छन् ।

Categorized in सिनेमा