STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ख्यातिप्राप्त छायाँकार मन्जुकुमार श्रेष्ठकी पत्नीको निधन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ८, सोमबार

नेपीली चलचित्रको श्रीबृध्दीमा अहोरात्र लागीपरेका नेपाली चलचित्रको इतिहास बोकेका बरिष्ट छायॅाकार , निर्माता तथा निर्देशक  मञ्जु कुमार श्रेष्ठकी धर्मपत्नी श्रीमती उत्तमा श्रेष्ठको अकल्पनिय र आकस्मिक निधनले सम्पूर्ण नेपाली चलचित्र  जगत विशिष्ट क्यामेरामाएन  श्रेष्ठलाई   आइपरेको यस आकस्मिक दुखद घडिमा   स्तब्ध र मर्माहत भएको छ ।   बरिष्ठ क्यामेरापर्सन मञ्जुकुमार श्रेष्ठकी जहान उत्तमा श्रेष्ठ विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आइरहेकी थिइन् भने गत विहिबार ४ गते उनको देहावसान भएको हो ।

बाघ निर्देशक कहलिएका प्रकाश थापाको मनको बाँध चलचित्रमा  स्टिल फोटोग्राफरका रुपका रुपमा काम गर्दै आफ्नो चलचित्र यात्रा शुरु गरेका विशिष्ट क्यामेरापर्सन मञ्जुकुमार श्रेष्ठले प्रकाश थापाकै  जीवनरेखा चलचित्रबाट एक स्वतन्त्र छायाँकारका का रुपमा पदार्पण गरेका हुन् ।

नेपालको  विख्यात छायाँकार मञ्जुकुमार श्रेष्ठ की धर्मपत्नी  उत्तमा श्रेष्ठ विगत केही समयदेखि क्यान्सरको उपचार गराउँदै अाइरहेकी थिइन् भने गत बिहिवार मंसीर ४ गते उनको निधन भएको थियो भने   विदेशमा रहेका  छोरा नेपाल आइपुगे पछी आज सोमबार विहान पशुपति आर्यघाटमा स्वर्गीय उत्तमा श्रेष्ठ को दाह संस्कार गरिएको छ  ।

Categorized in व्यक्तित्व