उपत्यकाका ५१२ सहित ११७० जना नयाँ कोरोना संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – काठमाडौंका उपत्यकामा थप ५१२ जनासहित पछिल्लो २४ घण्टामा १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जनाए अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जना गरी ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७ हजार २७५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९ हजार ५४६ छ ।
Categorized in उपत्यका