रातो मछिन्द्रनाथ रथयात्रामा तनाव • स्थानीय र प्रहरीबीच झडप • अश्रुग्यास र पानीकाे फोहोरा हानियाे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार
काठमाडाैं – रातो मछिन्द्रनाथको रथयात्रा विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ ।स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोकेपछि झडप सुरु भएको हो । झडपपछि स्थानीयले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेका थिए ।विवाद बढ्दै गएपछि ललितपुरको पूल्चोक लागा तनावग्रस्त बनेको थियो ।स्थानीय जिल्ला प्रशासनलाई रथयात्रा गर्न पटक पटक आग्रह गरे पनि कोरोनाको कारण प्रशासनले यसमा रोक लगाइरहेको थियो ।तर प्रशासनले रोकिरहे पनि स्थानीय बिहीबार रातो मछिन्द्रनाथको रथयात्राको प्रयत्न गरेका थिए । यसैक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।रथयात्रा सम्बन्धमा सराेकारवाला गुठी तथा समुहले यसबारे अनभिज्ञता जाहेर गरेका छन् । ललितपुरकाे ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज जस्ता १९ वटा संगठनहरुले रथयात्राबारे अनभिज्ञता जाहेर गर्दै स्थानीय युवाहरुकाे सक्रियतामा रथयात्रा भएकाे जनाएकाे छ ।रथायात्राकाे विषयलाई लिएर ती संगठनहरुकाे छुट्टै आकस्मिक बैठक बस्ने जानकारी प्राप्त भएकाे छ ।सडक किनारामा रहेको रथ बीच सडकमा ल्याइएको थियाे । भीडले रथलाई तानेर केही मिटर अगाडि ल्याएपछि झडप भएकाे थियाे । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरोले पनि हानेको थियो ।यसैक्रममा केही युवाले दुई ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी पिटेको पनि थियो ।नेपाल उक्त क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी खटिएका छन्। स्थिति नियन्त्रणमा छ। प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको जानकारीमा आएको छैन ।लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई केही स्थानीय र गुठियारहरूले निषेधाज्ञाकै बीच चलाउन खोजेका थिए। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए।यस वर्ष काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको बिस्कास् जात्रा पनि रोकियो।तस्बिर : रमेश शाक्य Categorized in उपत्यका