relans
ni new 83
nib 2082 5

प्रोजेक्ट बाजाको प्रयासमा दाफा भजनको संरक्षण (भिडियाेसहित)

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

विजयरत्न असंबरे
नेपालका लोप हुँदै गइरहेको प्राचीन बाजाहरुको संरक्षण गरी युवाहरुमाझ परिचित गरायँदै जाने उद्देश्य लिएर संगठित भएको एउटा साँगितिक समुहको नाम हो प्रोजेक्ट बाजा । यसै संस्थाले ऐतिहासिक तथा सांस्कृतिक नगरी लुभुको महालक्ष्मी देवीको नाममा रचित दाफा भजन ग्वाराको सृजना गरेको छ । महालक्ष्मी देवीका साथै लुभुका विभिन्न देवदेवीहरुको विवरण उल्लेख रहेको यस दाफा भजनको लिखित रुपमात्र भेटिएको हो भने शब्दमात्र भेटिएको यस गीतको लय लोप भइसकेको थियो । संगीतकार बिपु श्रेष्ठले यो दाफा भजन परम्परागत नियम र शैलीमै नयाँ लय सृजना गरेका हुन् । राग आशावरीमा आधारित यो भजन तिमा ताल (जति ७/८, प्र ताल ७/८, चो ताल ४/४) मा सृजना गरी सार्वजनिक गरिएको छ । सार्वजनिक भएको गीतको गायनमा वासुदेव श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, दिपेन श्रेष्ठ, प्रणेश श्रेष्ठ, रञ्जन श्रेष्ठ, सुनील श्रेष्ठ, उजेश श्रेष्ठ, मनिष श्रेष्ठ, मनिष श्रेष्ठ, प्रशन्न श्रेष्ठ, खिं वादनमा सनिश श्रेष्ठ, रोजेश श्रेष्ठ, ख्वालमलि वादनमा निरञ्जन श्रेष्ठ, अनिष श्रेष्ठ, तेजेश्वर श्रेष्ठ तथा ताः वादन गर्दै गायनमा साथ दिने संगीतकार श्रेष्ठ रहेका छन् । फिरोज बज्राचार्यले अडियो रेकर्डिङ गरेको यो दाफा भजनको भिडियो छायाँकन आर्यादेव बज्राचार्य, अनुप पौडेल, राजिप बज्राचार्यले गरेका हुन् भने सम्पादन अनुप पौडेलले गरेका हुन् । नेवाः सांगीतिक परम्पराको एेतिहासिक धरोहर मानिने दाफा १५०० बर्ष भन्दा पुरानो मानिएको छ । थरी थरीका राग, सुर र तालमा आधारित यो संगीत विधा खिं, बबुचा (झ्याली), ताः पोंगा, डमरु, बाँसुरी जस्ता वाद्य वादन गरी गाउने चलन रहेको मौलिक शास्त्रीय संगीत हो । (भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला)
Categorized in सिनेमा
ppp 2