कोरोना अस्पतालमा एकको मृत्यु, कोरोना संक्रमणको आशंका
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १६, आइतबार
काठमाडौं– रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमणको कारण भएको आशंका गरिएको छ । तर उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छैन । उनको स्वाब परीक्षणको लागि काठमाडौं ल्याइएको भए पनि रिपोर्ट आउन बाँकी छ ।
पाल्पा स्थायी घर भएका ३३ वर्षीय ती युवक उक्त कोरोना अस्पतालमा उपचाररत थिए । चैत ६ गते युएईबाट काठमाडौं आएर ७ गते बस चढी ती युवक रुपन्देही गएका थिए ।
ज्वर आएपछि गत चैत १३ गते उनलाई लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
Categorized in राष्ट्रिय