STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईसीसीको आश्वासन, विधान संशोधनपछि नेपालको निलम्बन फुकुवा गर्ने

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १५, सोमबार

१५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरे आगामी जुनमा नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । कार्यबाहक अध्यक्ष इमरान ख्वाजाले नेपाल आएर सल्लाहकार समूहसँग विधानबारे छलफल गरेका छन् । सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले संशोधन गरेपनि आईसीसीले मानेको छैन । २७ बुँदेमा संशोधन गरेकोमा सल्लाहकार समूहका अन्य सदस्यहरुले पनि विरोध गरेका छन् । स्रोतका अनुसार आइतबारको बैठकमा आईसीसीले नयाँ विधानअनुसार हुने चुनावी साधारणसभामा सरकारका ७ प्रतिनिधि रहने व्यवस्था खारेज गर्न भनेको छ । सरकारी हस्तक्षेप हुन नहुने मान्यता विपरित भएको उसको ठहर छ । साथै निर्वाचित क्यानका १७ सदस्य स्वतः सहभागी हुन पाउने प्रावधानमा पनि आपत्ति जनाएको छ । साथै जिल्ला संघको निर्वाचन के गर्ने भनेर छलफल भएको छ । विधान स्वीकृत गरेलगत्तै निर्वाचित क्यानले ३४ जिल्लामा निर्वाचन भइसकेको छ तर, सल्लाहकार समूहका केही सदस्यले आईसीसीको सहमति नभएको भन्दै विरोध गरेका छन् । विवाद भएका जिल्लाहरुमा छानविन गर्ने गरी सहमति हुन सक्ने बताइएको छ । सल्लाहकार समूहका एक सदस्यका अनुसार छलफलमा आईसीसीका कार्यबाहक अध्यक्षले विधान संशोधन भए जुनमा निलम्बन फुकुवा हुन सक्ने बताएका छन् । उनले भने, ‘विधानमा केके संशोधन गर्ने भन्ने १/२ दिनमा तय हुन्छ । त्यसपछि निर्वाचित क्यानले साधारणसभा बोलाएर संशोधन गर्नुपर्छ ।’ आगामी फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक राखिएको छ भने जुनमा साधारण सभा हुनेछ ।
Categorized in खेलकुद