कोरोनाभाइरसको त्रासले थँबहिलको चकंद्यः जात्रा प्रभावित
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार
काठमाडौं– वर्षेनी होलिपूर्णिमाको भोलिपल्ट मनाइने चकंद्यः जात्रा (सिंहसार्थबाहुको जात्रा) यस वर्ष कोरोनाभाइरसको त्रासको कारण प्रभावित बन्न पुगेको छ ।
काठमाडौंको थँबहिल टोलमा हुने यस जात्राको क्रममा चकंद्यःलाई माथिल्लो टोलको परिक्रमा गराइने चलन छ । तर यस वर्ष कोरोनाभाइरसको त्रासको कारण चकंद्यःको माथिल्लो टोलको परिक्रमा हुन सकेन ।
विश्वभरि फैलिरहेको कोरोनोभाइरसलाई लिएर नेपालमा पनि सतर्कता अपनाइएको छ । सतर्कताको कारण देखाइएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चकंद्यःको जात्रामा नगर परिक्रमा नगराउन अनुरोध गरेको थियो । कार्यालयको सोही अनुरोधअनुसार यस वर्ष चकंद्यःको जात्रामा माथिल्लो टोलको परिक्रमा गराइएन ।
नगर परिक्रमा नगराइए पनि परम्परागत रुपमा चकंद्यःको पूजाआजा भने विधिवत रुपमा सम्पन्न भएको छ ।
Categorized in उपत्यका