“कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक कमल बि क निर्मोहीलाइ प्रदान गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक २, आइतबार
नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद पचास हजार रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।
नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।
टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको कुरा उल्लेख गरिएको छ ।
कार्तिक महिना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई पचास हजार रुपैयाँको नगद राशी सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ । गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।
यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब ( २०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।
Categorized in साहित्य-कला

