STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानमा राजमान मानव

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

ललेन्द्र शाक्य

‘आफ्नो स्थान आफैं बनाउँ, आफ्नो टोल आफै राम्रो पारौं’ भन्ने उद्देश्य लिई नेवाः लहना विश्व सरसफाइ अभियानका अभियन्ता कीर्तिपुर १ वडा थांबहाः टोलका राजमान मानवले अब ‘सुन्दर कीर्तिपुर’ निर्माण गर्ने अभियान थाल्नुभएको छ । ‘सुन्दर कीर्तिपुर’को परिकल्पना कसरी हुन्छ भन्ने प्रश्नमा अभियन्ता मानवले भन्नुभयो, “कीर्तिपुर नगरलाई ‘सुन्दर कीर्तिपुर’ निर्माण गर्ने प्रयास हो । जतिपनि कीर्तिपुर नगरभित्रका टोल छन्, ती टोलका बासिन्दाले आफ्नो टोललाई आफैले सफासुग्घर राखी र सौन्दर्य बढाएर पर्यटकको मन जित्ने गरी राम्रो पार्न सकिन्छ । जस्तो, आजभोलि कतिपयले आफ्नो घरको आँगनमा पानीको ट्यांकीलगायतका सामानहरु राखिरहेका छन् । यसले टोलको वातावरण नै नराम्रो बनेको छ । आफ्नो घरबाहिरका यस्ता सामानहरु घरमुनि नराखेमात्र पनि टोल सफा र राम्रो देखिन्छ । यसैगरी प्रत्येक घरबाट वा टोल नै मिलेर विभिन्न फूलका गमला, अनि गमलालाई पनि श्रृंगारेर बाहिर राखेमा पनि त्यो टोल रमणीय देखेर राम्रो देखिन्छ । यसैगरी, प्रत्येक टोलले आफ्नो टोल राम्रो गर्न कार्य गरेमा अवश्य पनि ‘सुन्दर कीर्तिपुर’ छोटो समयमै निर्माण हुने मलाई विश्वास छ ।” राजमान मानवले ‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानको कदम चालिसकेका छन् र यस कोरोना भाइरस संक्रमण रोकथामको लागि भइरहेको लकडाउनको कारण मात्र काम रोकिरहेको भन्नुहुँदै उहाँले लकडाउनको समय ‘सुन्दर कीर्तपुर’ निर्माण अभियानको प्रचारात्मक कार्यक्रमअनुरुप निरन्तर रुपमा कीर्तिपुर नगर सरसफाइ गर्ने काम नेवाः लहना विश्व सरसफाइ अभियानले निरन्तर रुपमा थालिरहेको जानकारी दिनुभएको छ । ‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानको सफलताको लागि आफूले वार्षिक करिब ६० लाखसम्म लगानी गर्ने जानकारी दिनुहुँदै अभियन्ता मानवले भन्नुभयो, “यस सुन्दर कीर्तिपुर निर्माण अभियानलाई निरन्तरता दिनको निम्ति सर्वप्रथम त लगानी चाहिन्छ । कर्मचारीलगायत कार्यालयलाई व्यवस्थित गर्नको लागि लगानी नभई हुँदैन । मेरो अनुमानित लागतअनुरुप वार्षिक करिब ६० लाख रुपैयाँ खर्च हुन्छ । त्यो लगानी म आफै बेहोर्छु । वर्षदिनभित्र व्यवस्थित रुपमा कर्मचारी राखेर काम गर्दा ‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानमा कीर्तिपुर नगरपालिकाका सम्पूर्ण टोलका टोलबासीले कीर्तिपुर नगर राम्रो बनाउने कार्यमा एकजुट भएर सहयोग गरी निरन्तरता दिनेमा म विश्वस्त छ ।” कीर्तिपुर नगरभित्रका विभिन्न टोलका पर्यटकहरुको मन जित्नसक्ने विभिन्न स्थानमा कसरी सरसफाइ गरी श्रृंगार गर्न सकिन्छ, त्यसरी श्रृंगार गर्दा कीर्तिपुर नगरलाई ‘सुन्दर कीर्तिपुर’ निर्माण गर्ने अभियान सम्पूर्ण कीर्तिपुरबासीहरुको सहयोगमा थाल्ने बताउँदै अभियन्ता राजमान महर्जनले ‘सुन्दर कीर्तिपुर’ निर्माणको लागि सम्पूर्ण कीर्तिपुरबासीहरुको सहयोग र सद्भाव अत्यावश्यक रहने जानकारी पनि दिएका छन् । जीवन नै सरसफाइमा समर्पित गर्ने प्रण लिई दैनिक सरसफाइ गर्ने अभियानमा लागिरहेका अभियन्ताहरु राजमान मानवसँगै सुशीला महर्जनले आजभन्दा ८–९ वर्षअघि ‘विश्व सरसफाइ अभियान’ थाल्नुभएको थियो । त्यस नेवाः लहना विश्व सरसफाइ अभियानले नेपालका विभिन्न क्षेत्रका मानिससँग मिलेर समुदायलाई सरसफाइ गर्नुपर्छ भन्ने जागरणबाट उत्प्र्रेररित र जागृत गर्न उहाँ अभियान्ताहरु सफल हुनुभएका छन् । आजभोलि आफ्नो ठाउँ आफै सफासुग्घर गर्नुपर्छ भन्ने भावना सबैमा आइसकेको छ । अब यसरी नै सरसफाइसँगै आफ्नो ठाउँ, आफ्नो टोल आफैले श्रृंगार गरी राम्रो पार्नुपर्छ भन्ने भावना जागउृत ‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानबाट हुनेमा पूर्ण रुपमा विश्वास भएको अभियन्ता राजमान मानवले बताउनुभएको छ । यसै क्रममा अभियन्ता राजमान मानव र सुशीला महर्जनले सरसफाइ कार्यक्रमलाई भित्री मनबाट समर्पित भई सरसफाइ कार्यक्रमलाई निरन्रता दिइरहनु अति नै कठिन कार्य हो भन्दै नेपालका विभिन्न विश्लेषकहरुले विश्लेषण गरेका छन् । जसरी महामानव गौतम बुद्धले निरन्तर रुपमा ध्यान केन्द्रित गरी बुद्धत्व प्राप्त गरे, यसैगरी उहाँहरु राजमान मानव र सुशीला महर्जनले पनि सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । त्यसैले जस्तो बुद्ध दर्शन खः, त्यस्तै उहाँहरुको पनि यो कद मभनेको सरसफाइको दर्शन हो भन्न गरिन्छ । यसैगरी कीर्तिपुरका सचेत नागरिकहरुले पनि अभियन्ता राजमान मानवले सुचुपिचु अभियानपछि अब थालेको ‘सुन्दर कीर्तिपुर’ निर्माण अभियान कीर्तिपुर नगरको निम्ति स्वर्ण अभियान हुने धारणा राखेका छन् भने सम्पूर्ण कीर्तिपुरका बासिन्दाले यस अभियानलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
Categorized in विचार