
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, भयो आंशिक सहमति
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३०, बिहिबार

काठमाडौं- फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र सङ्घबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।
तर, फिल्म चलिञ्जेल ५० प्रतिशत शेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।
चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।
Categorized in सिनेमा