STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘काँडेतार’ चलचित्र टोलिद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण १६, बुधबार

काठमाडौं– नयाँ नेपाली फिल्म ‘काँडेतार’ को टोलिले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ ।

फिल्मका निर्देशक तथा कलाकारसमेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

आफूले फिल्म ‘काँडेतार’ को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको खड्काले बताएका छन् । खड्काले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।

‘काँडेतार’ यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

राष्ट्रिय भावनामा आधारित यो फिल्म भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ । हस्ताक्षर संकलन अभियान मा सामाजिक अभियन्ता पुण्य गौतम र सो चलचित्रका निर्मात्री सत्यकला राईले पनि देशको सिमानाको खुल्ला छोड्न नहुने भन्दै " काँडेतार ” चलचित्रको अाम्दानीबाट केही अंश रकम सिमानामा काँडेतार लगाउने अभियानको लागि छुट्याउने बताए ।

फिल्ममा नवल खड्कासहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्दर कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई, नादिया खड्का तथा सनया खड्का हुन् ।

Categorized in सिनेमा