relans
ni new 83
nib 2082 5

९८ वर्षीय मतदाताको आशीर्वाद – ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् । सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’ चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले आज पोखरा महाकाली चोकबाट स्थानीयवासी ९८ वर्षीया त्रिलोचना आचार्यबाट आशीर्वाद लिएर घरदैलो शुरु गर्नुभएको छ । पौडेललाई टीका लगाइदिएर चुनावमा विजयी हुन आर्शीवाद दिँदै आचार्यले भन्नुभयो, “चुनाव जित्नू, जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू ।” खेमराज अहिलेसम्म लोभ मोहमा नफसेको बताउँदै आचार्यले लामो समय राजनीति गरी जनताको सेवा गरेका पौडेलले यो चुनाव जित्नुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रूपमा अघि सारेका कारण पार्टी पङ्क्तिमात्र नभई सबैमा उत्साह थपिएको बताउनुभयो । सरकारका अलोकतान्त्रिक गतिविधिलाई परास्त गर्दै सही बाटोमा हिँडाउन यो उपनिर्वाचनमा कांग्रेसको विजय आवश्यक भएको उहाको भनाइ थियो । कांग्रेसले आज पोखरा ३३ मा घरदैलो सकी भोलि पोखरा–९ मा घरदैलो र पोखरा–१७ मा कोणसभा गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय
ppp 2