STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

९सय २ जना संक्रमित थपिँदा २२ सय ८७ डिस्चार्ज, उपत्यकामा नयाँ संक्रमित ३९६ जना

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या संक्रमितकाे संख्याको दुईगुणाभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् भने ९०२ जनामा संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । कोरोना जित्नेको यो संख्या ६८.५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए। यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । उपत्यकामा थप ३९६ जनामा संक्रमण यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। अहिले होम आइसोलेसनमा ६ हजार ८१५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन्। नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्।
Categorized in राष्ट्रिय