STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

७ सय ३१ थान राहदानीसहित तीनजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ५, बिहिबार

काठमाडौं - नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल तथा गेष्टहाउसमा बसेर वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रवक्ता मैनालीले बताए।

Categorized in अपराध-दुर्घटना