STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

६ महिना होटल बन्द गरी १२.५ प्रतिशतमात्र तलब दिने प्रस्ताव

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार

काठमाडौं – लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म होटल बन्द गर्ने प्रस्ताव सरकारसामु राखेका छन् । होटल बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने पनि प्रस्तावमा उल्लेख छ । तत्काल होटल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले बन्दको प्रस्ताव राखेका हुन् । होटलहरु बन्द भएको समयको पूरै तलब दिन नसकिने पनि होटल संघ नेपालले प्रष्ट पारेको छ । अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको र कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले होटल बन्दको प्रस्ताव राखेका हुन् । संघले तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ । सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउन पनि संघले सरकारसँग माग गरेको जनाइएको छ । तलब एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा हुँदै आएको र अहिले संकटको समयमा त्यसबाटै मजदुरलाई तलब दिइनुपर्ने सञ्चालकहरूले माग गरेका छन् ।
Categorized in बिजनेस