STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

४ घण्टा नेपालभाषाका गीत गाएर विश्व रेकर्ड बनाउँदै राज्यमन्त्री रामवीर मानन्धर

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ९, बिहिबार

काठमाडौं – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गने भएका छन् ।

शुक्रबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउने छन् ।

लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेपालभाषाका (नेवार भाषा) गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ ।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।

Categorized in व्यक्तित्व