STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षाकर्मीहरु धमाधम फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १४, बिहिबार

काठमाडौं - गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत निजी सुरक्षामा राखिएका सुरक्षाकर्मीहरु धमाधम फिर्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार हालसम्म २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञपिप्त जारी गर्दै कार्यविधि विपरीत बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका नाममा राखेका सुरक्षाकर्मी तथा सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिइएको थियो ।

बिहीबारसम्म नियम विपरित नेपाल प्रहरीबाट खटिएका १०३ जना, सशस्त्र प्रहरी बलबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएको बताइएको छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ । तर, उक्त कार्यविधिविपरीत बहालवाला तथा पूर्वकर्मचारी, सुरक्षाकर्मीहरुले सहयोगीका नाममा सुविधा दुरुपयोग गर्ने गरेका छन् ।

 

 

 

Categorized in राजनीति