STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३ दिनसम्म वर्षाको पूर्वानुमान

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार

काठमाडौं – नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको अवस्थामा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको र त्यसमा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको नेपाल प्रवेशसँग देशभर बदली र वर्षा हुने महाशाखाले जनाएको छ । प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने प्रिमसुनको प्रवृत्ति हो । पर्याप्त वर्षा भएको र अधिकतम तापक्रम घटेकाले चिसो पनि महसुस भएको छ । आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा सामान्य बदली रही देशैभर मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । सोमबार देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले मङ्गलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
Categorized in राष्ट्रिय