STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

होली खेल्ने क्रममा सामूहिक झडपः मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १८, बुधबार


होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ ।

गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

 उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो । शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् । आज प्रहरीले घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् । शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताउनुभयो । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् ।

Categorized in अपराध-दुर्घटना