STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हेटौँडाको प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादी विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

हेटौँडा - हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ ।

 

नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।

Categorized in राजनीति