STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार

बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार ९५१ र गत वर्षको निक्षेप रु ६४ लाख २९ हजार ५७ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रु चार करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी ४९ लाख सात हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रु ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रु ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले भन्नुभयो ।
Categorized in बिजनेस