STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हुने विरुवाको चिल्लो पात कीर्तिपुरे बालप्रतिभा एरोन

Janjati Khabar – PAWAN JOSHI | २०७८ श्रावण १२, मंगलबार

(हुने विरुवाको चिल्लो पात उखान मात्र नभई सत्य सावित भएको छ । माटोलाई जुनसुकै प्रकारको भाँडो बनाउन सकिन्छ, त्यसरी नै कलिला बालबालिकालाई मनपर्ने कर्म दिन सक्यौ भने इमान्दारिता र कर्तव्य पूरा हुँदो रहेछ । यस्को ज्वलन्त उदाहरण कीर्तिपुर नगरपालिका ९ वडा तगःवपि बादेगांका जनक महर्जन र राज्यलक्ष्मी महर्जनका सुपुत्र एवं कीर्तिपुरको हिलटाउन स्कूलमा ५ कक्षासम्म अध्ययन गरी हाल आइडियल मोडल स्कूलमा कक्षा ६ मा अध्ययनरत् नव बालप्रतिभा गायक तथा कलाकार एरोन महर्जन । उहाँसंगको छोटो संवाद ।)

१. एरोन आजभोलि के गर्दैछौ ?
आजभोलि स्कूलको अनलाईन क्लास भइरहेको छ, दैनिक पढाई गर्छु । होमवर्क सकेपछि फुर्सदको समयमा म गितार बजाएर गीत गाउँन रियाज गर्ने गर्र्छु ।

२. अहिले चर्चित ‘यःमां...’ अर्थात् ‘प्यारी आमा...’ गीत कसरी गायौ ?
विश्वमा फैलिरहेको पहिलो चरणको लकडाउनको क्रममा समयको सदुपयोग गर्दै गीतहरु रेकर्ड गरी फेसबुकमा पोष्ट गरें । त्यही क्रममा मेरो भाई आरभको जन्मदिनको उपलक्ष्यमा बुबाको लागि नेपालभाषाको भिन्तुना गीत गाएँ । त्यसपछि ‘यःमां...’ गीतको रेकर्ड भयो । उक्त गीतको रचना र संगीत भुवन महर्जनले गर्नुभएको हो । ललेन्द्र शाक्य र राजेश महर्जन गुरुहरुको हौसलाले ‘यः मां...’ गीत गाउँने मौका पाएँ ।

३. संगीत के हो ? एरोनलाई थाहा छ ?
मैले स्कूलमा संगीत गुरुहरुबाट संगीत शिक्षा हासिल गरी स्कूलको विभिन्न कार्यक्रममहरुमा धेरै पटक गीत गाएर पुरस्कार पनि जितिसकेको छु । मसंग सुर र तालको ज्ञान छ । मलाई गितार बजाउन पनि आउँछ । मेरो विचारमा संगीत भनेको सरस्वतीको बरदान हो, जुन एउटा कला र सिप हो ।

४. कस्को प्रेरणाले यति सानो उमेरमा यति मिठो गीत गाउन सक्यौ ?
पहिलो प्रेरणा मेरो बुबाआमा जनक महर्जन र राज्यलक्ष्मी महर्जन । अनि स्कूलका संगीत गुरुहरु, संगीतकार भुवन महर्जन, मिडिया पर्सन ललेन्द्र शाक्य र बरिष्ठ संगीत गुरुबा राजेश महर्जन, उहाँहरुको प्रेरणाले मलाई संगीत क्षेत्रमा अझ झन् मोहित गरायो र ‘यः मां...’ गीत गाउने सौभाग्य मिल्यो ।

५. ‘यः मां...’ गीतमा गायक मात्र नभई अभिनय पनि गर्यौ नि ?
यो सब म्यूजिक भिडियो निर्देशक योवन शाक्यको कमाल हो । उहाँले मलाई जसरी सिकाउनु भो, त्यसरी नै मैले अभिनय गरेको छु । सय प्रतिशत त गर्न सकिनँ, हुबहु नक्कल गर्ने प्रयास गरेको छु । कहीँ कतै नमिलेमा क्षमा गर्नुस्, अर्को भिडियोमा राम्रो गर्ने प्रयास गर्छु ।

६. गीतको म्यूजिक भिडियो रिलिज भएपछि साथीभाईहरुबाट कस्तो कमेन्ट आयो त ?
गीतको म्यूजिक भिडियो रिलिज भएपछि साथीहरु मात्र नभई आदरणीय अग्रजहरुबाट पनि राम्रो कमेन्ट आएको छ । राम्रो भइरहेको छ । सन्तुष्ट छु ।

७. गीत गाउन सजिलो कि अनिनय गर्न सजिलो ?
सानैदेखि गीत गाउने बानी थियो, त्यति गाह्रो लागेन तर अभिनय गर्न गाह्रो लागेको थियो । तर पनि मैले सोचेको भन्दा धेरै राम्रो भयो भनेर निर्देशक योवन शाक्यले भन्नु भो, म धेरै खुशी भएँ ।

८. गीत सुनेपछि एरोनको आमाबुबाले के भन्नु भो त ?
गीत सुनेपछि मेरो आमाबुबाले खुशी हुँदै ‘साँच्चै छोरा तिमी त भविष्यको कर्णधार हो । हामीले सुनेको थिएँ, हुने विरुवाको चिल्लो पात । आज तिमीले प्रुफ गरेर देखायो । हामी धन्य भएँ । राम्रो गर, देशको इज्जत राख’ भनेर आशीर्वाद दिनुभयो ।

९. आशीर्वाद कस्तो लाग्यो ?
मेरो लागि भगवान भनेकै मेरो आमाबुबा हुनुहुन्छ । म शिरोपर गर्दै देशको इज्जत राख्ने काम गरेर देखाउँछु । पहिला पढ्छु अनि सबैलाई मनपर्ने गाएक बन्छु ।

१०. अन्तमा, केही भन्नु छ कि एरोन ?
संगीतप्रेमी अग्रजहरुलाई मेरो विनम्र अनुरोध छ, मेरो पहिलो गीत ‘यः मां...’ सुनेर हेरेर कमेन्ट गरिदिनुस् । भविष्यमा त्योभन्दा पनि राम्रो गीतको प्रस्तुती दिने वाचा गर्दै छिट्टै नयाँ गीत पस्कने जानकारी पनि दिदैछु । धन्यवाद ।

Categorized in अन्तर्वार्ता