STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हिरासतमा रहेकाकाे रिहाइ माग्दै थसिमा प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – बुंगःद्यः जात्राको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकालाई अविलम्ब रिहा गराउन थसिमा स्थानीयले प्रदर्शन गरेका छन् । नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको महालक्ष्मी नगर समिति थसि कचाको आयोजनामा बुधबार बिहान उक्त प्रदर्शन भएको थियो । प्रदर्शनमा थसिका स्थानीय वृद्धवृद्धा तथा युवायुवतीहरुको उल्लेख सहभागिता रहेको थियो । हिरासतमा रहेकाहरुलाई अविलम्ब रिहाइको माग गर्दै ठाउँ ठाउँमा जनस्तरबाट प्रदर्शनहरु भइरहेका छन् । ललितपुरका अशोजकुमार महर्जन, रविन शाक्य, नरेश शाक्य, अनिल खड्गी, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला र काठमाडौंका यादवलाल कायस्थ अहिले पनि हिरासतमै रहेका छन् ।

तस्बिर साैजन्य : नरेशकुमार ताम्रकार

Categorized in उपत्यका