STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हवाइजहाजभित्र म्युजिकभिडियो विमोचन गरी गीतकार प्रधानद्वारा विश्व कीर्तिमान

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २०, शुक्रबार

काठमाडौं – वरिष्ठ गीतकार हरि गोपाल प्रधानले आफ्नो गीत ‘यो मुटुमा सधैंभरि’काे म्युजिक भिडियाे हवाइजहाजभित्र विमोचन गरी विश्व कीर्तिमान राख्न सफल भएका छन् ।

३६ हजार फिटको उचाइमा हवाइजहाजभित्र एल्बम विमोचन गरी ‘वल्र्ड बुक अफ रकेर्डस्’मा प्रधानले विश्व कीर्तिमान राखेका हुन् ।

काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट सो सांगीतिक एल्बम विमोचन गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक कार्यक्रमबीच विश्व रेकर्डसको प्रमाणपत्र गीतकार प्रधानलाई हस्तान्तरण गरेका थिए ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला ओढाइ र वल्र्ड बुक अफ रकेर्डस्को पीन लगाई सो कार्यक्रममा प्रधानलाई सम्मान पनि गरेका थिए ।

सरिता अधिकारीको स्वर, किशोर खतिवडाको संगीत, अमूल कार्की ढलीको संगीत संयोजन रहेको गीतमा राष्ट्रिय समाचार समिति (रासस) का फोटोपत्रकार/मोडल प्रदीपराज वन्त र कृजना डंगोलको अभिनय रहेको छ ।

सोहन मानन्धरको छायाँकन र सम्पादन रहेको गीतको कोरियोग्राफी र निर्देशन आराध्यालक्ष्मी ख्डगीको रहेको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला