STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

Janjati Khabar | २०८० मङ्सिर २४, आइतबार

काठमाडौँ, २४ मङ्सिर स् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ ।
        
उपप्रधानमन्त्री उपचारमा संलग्न हुनुभएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उहाँको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो । मन्त्री श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुग्नुभएको थियो ।

Categorized in राष्ट्रिय