STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वाब संकलनका लागि काठमाडौं महानगरले मोबाइल भ्यान सञ्चालनमा ल्यायो

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ७, आइतबार

काठमाडौं महानगरपालिकाले आजबाट स्वाब संकलनका लागि  ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गर्नुभएको हो । 

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको बैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोबाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको जानकारी दिनुभयो ।  महानगरपालिकासँग भएको थोरै जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइरहेको पनि उहाँले जानकारी दिनु हुँदै मेयर  शाक्यले यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन नसक्नेहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौँ भनि बताउनु भएको छ ।

उहाँले कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निशुल्क उपचार गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्यमापदण्डको पालना गर्न पनि आग्रह गर्नुभयो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागले सञ्चालन गर्नेछ । 

‘प्रबिधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्नेछ भन्दै प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।  

यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो । 

आज सभा गृहबाटै प्रशासन बिभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन गरियो र सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ भनि बताउनु भयो ।

 

Categorized in उपत्यका