STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वतन्त्रको विश्व रकेर्ड राख्ने प्रक्रियामा कोरोना बाधक

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण सम्पन्न नेपालभाषाको अवार्ड कार्यक्रमको विश्व रेकर्ड राख्ने उद्देश्य स्थगित भएको छ । दुई महिनाअघि सम्पन्न नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न भएको थियो । उक्त अवार्डलाई विश्व रेकर्डमा समावेश गराउने प्रक्रियामा आयोजक संसार क्रियसन्सका स्वतन्त्र संसार महर्जन लागिरहेका थिए । तर विश्वमै कोरोना संक्रमण फैलिनु र नेपालमा यसको रोकथामको लागि लकडाउन लागू भएपछि यो प्रक्रिया बीचमै स्थगित भएको छ । यस विषयमा महर्जन बताउँछन्, “यस लकडाउनको कारण अरु नभए पनि मेरो वल्र्ड रेकर्ड राख्ने सपना थाँति परेको छ । संसार क्रियसन्सको आयोजनामा सम्पन्न भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डलाई विश्व रेकर्डमा समावेश गराउने उद्देश्य रहेको छ । यसको लागि विश्व रेकर्डया प्रतिनिधिहरु आएर छलफल गरी प्रमाण हेर्न आउनेसमेत टुंगो लागिसकेको अवस्थामा कोरोना संक्रमण र लकडाउनको कारण यो प्रक्रिया नै स्थगित भएको छ ।” अहिलेको परिस्थितिमा आफू र आफ्नो परिवारको सुरक्षा महत्वपूर्ण भएको जनाउँदै महर्जनले कोरोना संक्रमण हटिसकेपछि मात्र अब यस विषयमा विचार गरिने जनाएका छन् । लकडाउनलाई पालना गर्न अनुरोध गर्दै महर्जनले भने, “अवार्डको हिसाबकिताब पनि सल्टाउन बाँकी छ । विशेष गरी प्रायोजकबाट कार्यान्वयन हुनुपर्ने काम सकिरहेको छैन । हामीले त्यसको लागि आवश्यक सबै प्रतिवेदन पठाइसकेका छौं तर लकडाउनको कारण यो कार्य पनि ‘लकडाउन’ भइदियो ।” अवार्ड सम्पन्न भएपछि यसको खुशियाली मनाउन एक कार्यक्रम आयोजना गर्ने सोच रहे पनि गर्न नसकिएको जनाउँदै महर्जनले अब कोरोना संक्रमण हटेपछि बाँकी कामहरु सकाउने जानकारी दिएका छन् । स्वतन्त्र संसार महर्जन नेपालभाषा संगीत र फिल्म क्षेत्रका लोकप्रिय कलाकार हुन् । नेपालभाषाको कला क्षेत्रमा आफूलाई समर्पित गर्दै आएका स्वतन्त्र आजभोलि स्पाइनल ट्युमरका कारण अस्वस्थ छन् । अस्वस्थताबीच पनि आत्मबल बलियो बनाएका उनले यही क्षेत्रमा सदा सक्रिय रहने बताएका छन् । उनले ‘निफ्वः स्वां’, ‘जिमिं बदमास मखु’, ‘ए जि यःम्ह’, ‘माया’, ‘इहिपा’, ‘थ्व जिगु नुगः’ र ‘मिखा दुम्ह कां’लगायत दर्जनभन्दा बढी नेपालभाषाका फिल्ममा अभिनय गरेका छन् । उनले ‘इहिपा’ फिल्मको लागि उत्कृष्ट खलनायकको अवार्ड पनि जितेका छन् । यसबाहेक उनी नृत्यनिर्देशक, फिल्म निर्देशक पनि हुन् ।
Categorized in सिनेमा