STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय सरकारलाई थप बलियो बनाउछौँ स् मन्त्री विष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताउनुभयो । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रास्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ श्ययाको अस्पताल बनाउनका लागि पहल गर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय