STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय मिडिया स्थानीय सरकारको मुटु हो : कीनपा प्रशासकीय अधिकृत

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ आश्विन १६, शुक्रबार

कीर्तिपुर नगरपालिकाकी प्रमुख नव प्रशासकीय अधिकृत सीता परियारले स्थानीय संचारमाध्यम भनेको स्थानीय सरकारको मुटु भएको विचार राखेकी छिन् ।

कीर्तिपुर नगरपालिकाको सातौं नगरसभाले पारित गरेको नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम एवं नगरपालिकाको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख नव प्रशासकीय अधिकृत परियारले स्थानीय संचारमाध्यमले स्थानीय सरकारका हरेक क्रियाकलापको प्रमुख संवाहकको रुपमा कार्य गर्ने भएकोले स्थानीय सरकारका लागि स्थानीय संचारमाध्यम मुटु भएको विचार राखेकी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत परियारले जनचाहना अनुरुप नै समग्र नगर विकासको लागि अगाडि बढ्ने र यस्का लागि सबै शाखा प्रमुखहरुलाई आग्रह गरिसकेको एवं आफ्नो कर्तव्य भनेको सर्वप्रथम कार्य भएको बताउँदै आफू कीर्तिपुर नगरपालिकामा रहुँञ्जेल नागरिक मैत्री सेवा र मुस्कानसहितको सेवा भएको विचार पनि राखेकी छिन् ।

उक्त नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालको सभापतित्वमा संचालन भएको थियो । कार्यक्रममा सार्वजनिक भएको नीति तथा कार्यक्रमबारे पत्रकारहरुको जिज्ञासालाई उपमेयर सरस्वती खड्का रिजालले स्पष्ट रुपमा जवाफ दिएकी छिन् ।

कीर्तिपुर नगरपालिकाकी प्रमुख नव प्रशासकीय अधिकृत सीता परियार (दायाँ)का साथमा कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजाल

कीर्तिपुरमा हाल चर्चाको विषयमा रहेको विष्णुदेवी अस्पताल पांगा सारिन लागेको र कीर्तिपुर नगरपालिकाले विष्णुदेवी अस्पताललाई प्राथमिकता दिई प्रचारप्रसारमा नल्याइएको विषयमा उपमेयर खड्काले कीर्तिपुर १ वडा गःसि परिसरमा रहेको विष्णुदेवी अस्पताल सोही स्थानमा रहिरहने र सोही अस्पताल पांगामा पनि स्थापना गर्न मात्र लागेको जानकारी दिएकी छिन् । उहाँले विष्णुदेवी अस्पतालको लागि चोभार परिसरमा कीर्तिपुर नगरपालिकाले जग्गा प्राप्त गरिसकेको जानकारी पनि दिएकी छिन् ।

उपमेयर खड्काले संचारमाध्यमहरुलाई विशेष प्राथमिकताका साथ नगरपालिका अगाडि बढ्ने प्रतिबद्धताका साथ नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनलाई सफल बनाउने प्रणका साथ उक्त नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संचार जगतले नगरपालिकालाई होस्तेमा हैंसे गर्नुपर्ने धारणा पनि राखेकी छिन् । कार्यक्रममा संचार शाखाका प्रमुखले नगरपालिकाको नीति तथा कार्यक्रम पूर्णरुपमा वाचन गरेको उक्त कार्यक्रममा विभिन्न शाखा प्रमुखहरुले पत्रकारहरुको जिज्ञासालाई प्रष्ट पारेका छन् । यस्तै स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले हालको कोरोना भाइरस सम्बन्धी कीर्तिपुरको गतिविधिलाई नपाको मुखपत्र नगर सन्देशका साथ नगरपालिकाको वेभसाइटबाट तथ्याकं सम्प्रेषण गरिरहेको जानकारी दिएका छन् ।

कीर्तिपुर नगरपालिकाको नियमित पत्रकार भेटघाटमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड १९ बाट सिर्जत संकट व्यवस्थापन सम्बन्धी क्षेत्रगत नीति अन्तर्गत क्वारेन्टिन सम्बन्धी व्यवस्था, पीसीआर परीक्षण प्रयोगशाला सम्बन्धी व्यवस्था एवं पीसीआरका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ भने सामाजिक क्षेत्रसंग सम्बन्धी स्वास्थ्य, खानेपानी, शिक्षा, सरसफाई एवं पूर्वाधारलाई जोड दिइएका छन् । यस्तै आर्थिक विकासतर्फ कृषि तथा पशुपंक्षी, पर्यटन, रोजगार, सहकारी, राजश्व सम्बन्धी नीतिहरु, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई अगाडि सारेका छन् भने वन वातावरण तथा विपद् व्यस्थापनतर्फ वन वातावरण, विपद् व्यवस्थापन, भू तथा जलाधार संरक्षण सम्बन्धी नीतिहरु, भूमि नीति, खेलकुद, संस्कृति सम्पदा तथा भाषा लिपि संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएका छन् ।

सार्वजनिक भएको कीर्तिपुर नगरपालिकाको नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास अन्तर्गत कर्मचारी प्रशासन, सुरक्षा तथा सुशासन सम्बन्धी नीति, सूचना प्रविधि मैत्री कार्यसम्पादन प्रणालीलाई विशेष जोड दिइएका छन् । गत २०७७ असार १७ गते कीर्तिपुर नगरपालिकाको सातौं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम आज २०७७ असोज १६ गते शुक्रबार नगरपालिकाको नयाँ भवनको हलमा कोरोना महामारकिा कारण स्थगित भइरहेको नियमित पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो । कार्यक्रम उपमेयर सरस्वती खड्का रिजालकी पर्सनल एसिस्टेन्ट संजिता लामाले संचालन गरेकी हुन् ।

Categorized in उपत्यका