STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय बासिन्दामात्र प्रयोग गरिएको शर्टफिल्म

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १८, शनिबार

कोरोना संक्रमणको त्रासको कारणले लागु गरेको लकडाउनको समयको सदुपयोग गर्दै ललितपुरमा  निर्माण गरिएको नेपालभाषा शर्टफिल्म “मिसा व तिसा” को प्रिमियर शो यःमरि पुन्हिको अवसर पारेर गरिएको छ ।

नेवाः सिने क्षेत्रका चर्चित एवं लोकप्रिय कलाकार सुरज ब्यञ्जनकारको पटकथा र निर्देशन रहेको चलचित्रको प्रिमियर ललितपुरको खपिन्छेमा गरिएको हो ।

निर्देशक व्यन्जनकारले चलचित्रमा कलाकार र प्राविधिकका रुपमा ललितपुरको खपिन्छेका स्थानीय बासिन्दाहरुमात्र प्रयोग गरिएको बताउँदै कोभिड १९ महामारीको अवस्थामा सबैले भोगेको मानसिक तनाव र मनोबैज्ञानिक प्रभावका न्यूनीकरणका लागि शर्टफिल्म निर्माण गर्ने प्रयास गरिएको बताउनुभयो ।

प्रिमियर कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजु महर्जन, वरिष्ठ सिने पत्रकार एवं नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले चलचित्रबारे मन्तव्य राखेका थिए ।

त्यस्तै चलचित्र निर्देशक व्यन्जनकार र सिनेमाटोग्राफर/सम्पादक हरि महर्जनले आ–आफ्नो अनुभव सुनाएका थिए ।

चलचित्रमा बिन्की डंगोल, रबिसन महर्जन, किरण महर्जन, सरु महर्जन, शान्ति महर्जन र सानु महर्जनको मुख्य भूमिका रहेको छ ।

Categorized in सिनेमा