STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीयवासीसँग विकास योजना माग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ ।  
आगामी आव २०७६÷०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।   उहाँका अनुसार यसका लागि योजना माग गर्ने व्यक्तिले कामबाट लाभ प्राप्त गर्ने वर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । त्यसका लागि कामपाका ३२ वटै वडामा वडा समिति गठन गरिसकिएको छ । स्थानीयवासीको छलफलपछि आएका विकासका योजना बढी प्रभावकारी हुने भएकाले यस किसिमको अभ्यासको शुरुआत गरिएको हो । 
माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तक्र्रिया, छलफल र विचारविमर्श गरेर  वडा समितिको योजना बुझाउनपर्नेछ । स्थानीयवासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन् । पेश भएका योजनाको प्राथमिकीकरण गरिने कामपाले जनाएको छ ।  
 
टोलवासीबाट प्राप्त भएका योजनामा वडा कार्यालयले देखेका योजना थप हुनेछन् । यसरी सङ्कलित योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकासजस्ता क्षेत्रमा वर्गीकरण गर्नेछ । स्थानीयवासीले तयार पारेको विकास योजनाका अधारमा सम्बन्धित वडामा विकासको काम, योजना र बजेट तयार हुने बताइएको छ । 
Categorized in राष्ट्रिय