STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोनी राजभण्डारीको 'तिमि टाढा भए पनि' भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष २६, मंगलबार

नेपालभाषाको गीतसंगीतको क्षेत्रमा स्थापित नाम बनि सक्नु भएकी गायिका सोनी राजभण्डारीको नयाँ नेपाली गीत र त्यही गीतमा बनेको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको भिडियो मा मोडलका रुपमा तारा लामा र जयनन्द कुँवरले अभिनय गरेका छन् ।

प्रस्तुत भिडियोमा रोजगारको लागि आफुबाट टाढा शहर गएका मायालुको प्रतीक्षामा दिन बिताइरहेेकि प्रियसीको कथा देखाइएको छ । आफ्नो प्रतीक्षामा रहेकी प्रियसिका खातिर शहरमा उनको मायालुले के कस्तो काम गर्नु परेको छ भनेर देखाइएको यो भिडियो को छायाँकन,सम्पादन र निर्देशन विजय राज भुर्तेलले गरेका छन् भने यस भिडियो को पोस्ट प्रोडक्शन कार्य विजय राज फिल्मसमा सम्पन्न गरिएको हो ।

गीतकार समीर राइले रचना गरेको यस गीतलाई विक्रम थापाले संगीतबद्ध गरेका हुन् भने यसको रेकर्डिंग हार्मोनिक डिजिटल मा गरिएको हो ।  

No description available.

Categorized in साहित्य-कला