STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोनिका मानन्धरले जितिन् नेसनल जियोग्राफिक इमर्जिङ एक्सप्लोर अवार्ड

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १४, बुधबार

काठमाडौं – नेपाली युवती सोनिका मानन्धर नेसनल जियोग्राफिक सोसाइटी २०२० क्लास अफ इमर्जिङ एक्सप्लोरर अवार्ड हात पार्न सफल भएकी छिन् ।

नेसनल जियोग्राफिकले सोमबार सार्वजनिक गरेको सन् २०२० को ग्लोबल एक्सप्लोररको आठ जनाको सूचीमा मानन्धर अटाएकी हुन् ।

सोनिका एलोई टेक्नोलोजीजकी सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन् । उनको कम्पनीले वित्तीय प्रविधि सम्बन्धी एउटा प्लेटफर्म बनाएको छ । जसले ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि वित्तीय परियोजनाको रुपमा डिजिटल टोकन सिस्टम प्रयोगमा ल्याएको छ । एक दशकदेखि सफ्टवेयर इन्जिनियरको रुपमा सक्रिय मानन्धरले सबै तहका साक्षरहरुका लागि प्रविधिमा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेकी छिन् ।

नेसनल जियोग्राफिकले मानन्धरसँगै इमर्जिङ एक्सप्लोररमा दिभा अमोन, जोय बोलामिनी, आदम कासिङ्गा, एनरिक लोमनिट, तमरा मेरिनो, एन्थोनी ओबायोमी र अलि प्रेसललाई छानेको छ ।

मानन्धर गत वर्ष मात्र संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अन्तरगतको ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’ बन्न सफल भएकी थिइन् । इमर्जिङ एक्सप्लोररका लागि उनले कुनै आवेदन दिएकी थिइनन् ।

इमर्जिङ एक्सप्लोररमा छानिएकी मानन्धरले नेसनल जियोग्राफिकको तर्फबाट १० हजार डलर (करिब १२ लाख रुपैयाँ) को फण्डिङ प्राप्त गर्नेछिन् । सन् २००४ देखि सुरु भएको एक्सप्लोरर कार्यक्रम बीचका केही वर्ष बन्द भएको थियो । यसै वर्षबाट पुनः यसलाई सुचारु गरिएको छ ।

नेसनल जियोग्राफिक सोसाइटीले विश्वका रोमाञ्चकता तथा आश्चर्यलाई संरक्षण र उजागर गर्ने उद्देश्य लिएको छ । यसका लागि सोसाइटीले परिवर्तनकारी विचार भएका साहसिक व्यक्तिहरुलाई उन्नत पार्न लगानी गर्दै आएको छ ।

 

Categorized in व्यक्तित्व