STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेवा विस्तारमा समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार

यातायात सेवा कार्यालय उदयपुरले सबै प्रकारका यातायात सेवा र सवारीसम्बन्धी काम गर्ने अख्तियार प्रदेश नं १ सरकारबाट प्राप्त गरे पनि यातायात व्यवस्थापन विभागले प्रदेश कोर्ड उपलब्ध नगराउँदा सेवा विस्तार गर्न समस्या भएको छ । विसं २०६७ मा सिरहाको लहानस्थित यातायात सेवा कार्यालयको उपशाखाका रुपमा उदयपुरसहित पहाडी जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा हेर्ने गरी स्थापना भएको याताया सेवा कार्यालय उदयपुरले ब्लुुबुक नवीकरण र सामान्य सवारी कर लिने अख्तियार प्राप्त गरेको थियो । पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरे पछि भदौ ५ गते प्रदेश नं १ सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवा कार्यालय गाईघाटलाई सबै प्रकारको सेवा विस्तार गर्न अनुमतिपत्र प्रदान गरेको थियो । यातायात सेवा कार्यालय गाईघाटका प्रमुख सुवास कार्कीका अनुसार प्रदेश सरकारले सबै प्रकारका सेवा विस्तार गर्ने अनुमतिपत्र प्रदान गरे पनि अहिलेसम्म यातायात व्यवस्था विभागले प्रदेश कोड उपलब्ध नगराउँदा तथा इडिएलभिआरएस प्रणाली जडान गर्न समस्या हुँदा सेवा विस्तार गर्न समस्या भएको हो । विगतमा ब्लुुबुक नवीकरण र समान्य कर मात्र लिने अधिकार पाएको यातायात सेवा कार्यालयले अहिले नामसारी, पञ्जीकरण, रुटपर्मिट, जाँचपास एवम चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपि अधिकारसहित सेवा विस्तार गर्ने अख्तियार प्राप्त भएको कार्की बताउनुहुन्छ ।
Categorized in राष्ट्रिय