STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि क्षमापूजा गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारीको लागि सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि धार्मिक विधिअनुरुप क्षमापूजाको आयोजना हुने भएको छ । सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले दिएको जानकारीअनुसार चैत १९ गते अष्टमीको दिन क्षमापूजा गरिनेभएको छ । यसको लागि मछिन्द्रनाथका पु्जारीहरुसँग आवश्यक छलफल भइरहेको छ । वर्षेनी चैत शुक्ल अष्टमीदेखि ३ दिनसम्म हुने रथयात्रा यस वर्ष स्थगित भएको जानकारी सबै भक्तजनमा दिइसकेको पनि शाक्यले बताएका छन् । यस वर्ष घरमै बसेर भगवान् सम्झी धर्मकर्म गरिदिन पनि शाक्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।
Categorized in उपत्यका