STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार, ओली लेख्छन् - युवा सँगसँगै

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ११, आइतबार

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् ।

उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’

एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Categorized in राजनीति