STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहारको माधव नेपालद्वारा भत्सर्ना, गर्ने र गराउनेलाई कारबाहीको माग

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ७, आइतबार

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरेका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन् ।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’ नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेको आरोप छ ।  नेकपामा दुई समूहबीच विवाद बढेकैबेला त्यसको असर जिल्लामा पनि देखिन थालेको छ ।

राप्ती नगर कमिटीकाे कारबाही माग

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्ने र गराउनेलाई कारबाही गर्न राप्ती नगर कमिटीले माग गरेको छ ।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेमाथि आफ्नै निर्वाचन क्षेत्रको एक कार्यक्रममा शनिबार मन्तव्य राखिरहेका बेला केही व्यक्तिले अभद्र व्यवहार देखाउनुका साथै नाराबाजी गरेका थिए ।

नेता पाण्डेले आफ्नो मन्तव्य राखिरहेको बेला कमिटी भन्दा बाहिरका केही अराजक व्यक्तिहरूको हुल प्रवेश गरी नाराबाजी गरी बैठक बिथोल्ने प्रयास गरेकोमा नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

'सभ्य सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पठक्कै नसुहाउने उक्त कार्य गर्ने गराउने जो सुकै भए पनि छानबिन गरी कडा भन्दा कडा कारबाहीको लागि पार्टी जिल्ला कमिटीलाई सिफारिस गर्दछौँ,' कमिटी अध्यक्ष इमानसिंह लामा र सचिव रामचन्द्र पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Categorized in राजनीति