STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १९, शुक्रबार

काठमाडौं- जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।

सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् ।

पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक हुन् ।

Categorized in अपराध-दुर्घटना