STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन्धारास्थित होटलमा पंखामा झुन्डिएको अवस्थामा पत्रकार फेला

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २३, बुधबार

काठमाडौं - पत्रकार सरोजराज अधिकारी सुन्धारास्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । कात्तिक २१ गतेदेखि घरबाट निस्केका उनी २ दिनसम्म घर नर्फकिएपछि पत्नीले प्रहरीमा निवदेन दिएपछि खोजी गर्दा बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए ।

एसएसपी बोहोराका अनुसार अधिकारीकी पत्नीको निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखाएपछि त्यहाँ गएर जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । होटलमा नाम इन्ट्री गरेका अधिकारीकी पत्नी र प्रहरी एकसाथ कोठामा पुगेका थिए ।

अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान गरिए पनि पोस्मार्टम रिपोर्ट नआउन्जेसम्म यकिन गर्न नसकिने प्रहरीले जनाएको छ । यद्यपी उनले आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली बताउँछन् ।

प्रहरीका अनुसार अधिकारी उक्त होटलको कोठा नम्बर ५०२ मा पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरिसकेको जनाएको छ । अधिकारीले कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता मूलधारका मिडियामा काम गरेर चर्चा बटुलेका थिए । अधिकारीले धम्बोजी, नोरा, जाससीको जालो र चक्रव्यूहमा चन्द्रसूर्य किताबमार्फत् राम्रो चर्चा पाएका थिए ।

Categorized in अपराध-दुर्घटना