Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

सुनाकाेठीकाे जुवा खालबाट २० लाखसहित २४ जुवाडे पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ८, शनिबार

ललितपुर - महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीस्थित एक जुवाखालबाट २० लाख रुपैयाँभन्दा बढी नगदसहित २४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले शुक्रबार लव बस्नेत, कान्छा बस्नेत, प्रकाश बस्नेत, राजेश भण्डारी, विनोद गुरु, अनिल महर्जन, अजय महर्जनलगायत २४ जनालाई नियन्त्रणमा लिएको हो ।

जुवा खालबाट २० लाखभन्दा बढी रकम बरामद गरिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् । पक्राउ परेकाहरूमा ठेकेदार र नाम चलेका केही व्यापारी रहेको प्रहरीको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना
Newa Online Adv