relans
ni new 83
nib 2082 5

सुंगुरको मासुमा पल्केर गीतको नयाँ श्रृंखला सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं २९ कात्तिक - दुइ दशक अगाडि नबिन सुब्बा को निर्देशनमा बनेको अन्तरराष्ट्रीय रुपमा ख्यातिप्राप्त चलचित्र " नुमाफुङ ” ले शुरु गरेको लिम्बु संस्कृतिमा आधारित चलचित्रको यात्रामा पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधि बढीरहेको बेला लिम्बु जातीकै परम्परामा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर (दुई)’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 ‘सुंगुरको मासुमा पल्केर (एक)’ को सफलता पश्चात निर्माण गरिएको प्रकाश आङ्बुहाङ (हाङ्बारे) निर्माता रहेका यस भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन रहेको छ भने चर्चित कोरियोग्राफर दिनेश माङ्गमुको कोरियोग्राफी र  बिजय मगरको निर्देशन रहेको छ ।

पालाम भित्र सृष्टि देखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू  बताउने लिम्बु समुदायको लोकगीत ‘सुंगुरको मासुमा पल्केर दुई’ गीतमा शब्द, संगीत र स्वर शाइल लिम्बु र सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको यो भिडियो जि मिडिया युट्युब च्यानलमा बुधबार सार्वजनिक गरिएको हो ।

यसमा लिम्बु समुदायका दिग्गज कलाकार यासेली योङहाङ, चर्चित मोडल तथा भ्लगर डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल (2024) एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, (हाङ बारे) बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु आदि को अभिनय रहेको छ ।

Categorized in साहित्य-कला
ppp 2