STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, एकजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २२, शुक्रबार

काठमाडौँ- संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।

कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ । गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए ।

संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिए ।

पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई काठमाडौँ ल्याएपनि अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाइलट सुरेन्द्र पौडेलसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा भोटे र विक्रम हाम्फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

हेलिकप्टर अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

Categorized in अपराध-दुर्घटना